बागमती प्रदेश बजेट : मकवानपुर र सिन्धुलीमा नयाँ औद्योगिक क्षेत्र निर्माण गरिने

तु खबर संवाददाता
२०७९ असार १, बुधबार १७:२०
file-photo

काठमाडौं । बागमती प्रदेश सरकारले मकवानपुर र सिन्धुली जिल्लामा नयाँ औद्योगिक क्षेत्र निर्माणका लागि बजेटको व्यवपस्था गर्ने भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै सो बारे जानकारी गराएका हुन् ।

मन्त्री जम्मकट्टेलले मकवानपुरको मनहरी र सिन्धुलीको हरिहरपुरगढीमा नयाँ औद्योगिक क्षेत्र निर्माण गर्न १३ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गर्ने जानकारी दिए । साथै प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि एक वडा एक स्वास्थ्य क्लिनिक योजना अघि बढाउने भएको छ । त्यसको लागि १८ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए ।