प्रतिनिधिसभा बैठक आज पनि बस्दै

तु खबर संवाददाता
२०७९ असार १, बुधबार ०८:५३
file-photo

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बुधबार पनि बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने भएको हो । पछिल्ला दिनमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएको प्रश्नमाथि मन्त्रीहरुले जवाफ दिइरहेका छन् ।

आजको बैठकमा पनि ११ जना मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । आज गृह, अर्थ, स्वास्थ्य, संघीय मामिला, ऊर्जा, पर्यटन, भौतिक पूर्वाधार, सहरी, उद्योग, कानुन र सञ्चार मन्त्रीले सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिनेछन् ।