सुनाचुरी वन उपभोक्ता समूहको सहयोग

मकवानपुर, ७ पुस । मनहरी गाउँपालिका वडा नम्बर ६ मा रहेको सुनाचुरी सामुदायीक वन उपभोक्ता समुहले मानवसेवा आश्रममा आश्रितहरुका लागि दाउा उपलब्ध गराएको छ ।
जिल्ला वन कार्यालय र इलाका वन कार्यालयको समन्वयमा जाडोमा आगो तापेर न्यानो होस् भन्ने उदेश्यले करिब २ लाख बराबरको २५ चट्टा दाउरा सहयोग गरेको बताइएको छ ।