रेनु दाहाल सवार गाडी दुर्घटना

तु खबर संवाददाता
२०७९ जेष्ठ १३, शुक्रबार १६:१२

मकवानपुर । भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहाल सवार गाडी दुर्घटना भएको छ । शुक्रबार दिउँसो उनी चढेको गाडी ललितपुरको स्टाफ कलेज नजिकै दुर्घटनामा परेको हो । उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी टायर पञ्चर भएर बिजुलीको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेकी दाहाललाई सामान्य चोट लागेको र उनको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ । उनको हाल ललितपुरको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेपछि टाँका लगाइएको र अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।

गाडी गुल्मी घर भइ ललिपुरको हात्तीवन बस्ने अनिल कुमार पाठकले चलाएका थिए ।