मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २ दर्जन बढी घाइते
काठमाडौँ । अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी २४ जना घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर ४ कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही नगरपालिका वडा नम्बर १ का अमरनाथ धमलाको घटनास्थलमै मृत्यु भएको हो ।
हाइड्रोलिक लिक भएर ट्याक्टर ट्रलीको पल्टिँदा दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागी मंगलसैन ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।
