भीमफेदी गाउँपालिकाका अध्यक्ष लामाद्वारा पदभार ग्रहण

तु खबर संवाददाता
२०७९ जेष्ठ ९, सोमबार १९:२४

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा र उपाध्यक्ष सन्जीव श्रेष्ठले पदभार ग्रहण गरेका छन् । उनीहरुले सोमबार एक कार्यक्रमबीच पदभार ग्रहण गरेका हुन् ।

अध्यक्ष लामाले पदभार ग्रहण गरेलगतै भीमफेदी गाउँपालिकामा रहेका शारीरिक अपाङ्गता भएका बालबालिकाको निःशुल्क स्वास्थ्य उपचारका साथै आवश्यक सहयोग सामग्री उपलब्ध गराउने निर्णय गरेका छन् ।

अध्यक्ष लामाले आज नै बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित उपाध्यक्ष संजीव श्रेष्ठसहित ९ वटै वडाका वडाध्यक्ष तथा सदस्यलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत  भीमलाल महर्जनलगायत सहभागिता रहेको थियो ।