हेटौंडा ८ मा रामकृष्ण थापा निर्वाचित
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उक्त वडामा गठबन्धनको तर्फबाट कांग्रेसका रामकृष्ण थापा निर्वाचित भएका छन् ।
थापाले कूल २ हजार २१३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका बोलबहादुर कार्कीले १ हजार ९६८ मत प्राप्त गरे ।
कूल ४ हजार ४१३ मत खसेको सो वडामा थापाले प्रतिस्पर्धी कार्कीलाई २४५ मत अन्तरले पछाडी पार्दै आगामी ५ बर्षको लागि वडा अध्यक्ष निर्वाचित भएका हुन् ।
सो वडाबाट मेयर पदमा गठबन्धनकी मीना लामालाई १ हजार २५३, उपमेयरमा राजेश बानियाँलार्य २ हजार ८३ मत प्राप्त भएको छ भने एमालेबाट मेयरका उम्मेदवार अनन्त पौडेललाई १ हजार ६८१, उपमेयरमा सुमित्रा काफ्लेलाई १ हजार ९०० मत प्राप्त भएको हो । सो वडाबाट राप्रपाबाट मेयरका उम्मेदवार दीपक सिंहलाई १ हजार ३८ र उपमेयरमा इन्दिरा डल्लाकोटी न्यौपानेलाई १५० मत प्राप्त भएको छ ।

