हेटौंडाको ताजा मत परिणामः मीनाको अग्रता फराकिलो बन्दै
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मत गणना जारी रहेको छ । हालसम्म ६३ हजार १२४ मत गणना भएको छ । हेटौंडा उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी मीना लामाले फराकिलो अग्रता कायम गरेकी छिन् । यो समाचार तयार पार्दासम्म लामाले २० हजार ९६ मत प्राप्त गरेकी छिन् ।
त्यस्तै एमालेका अनन्त पौडेलले १८ हजार ३२४ मत ल्याएका छन् । मीना अनन्त भन्दा १ हजार ७७२ मतले अगाडि छिन् । राप्रपाका दीपकबहादुर सिंहले पनि १७ हजार ८०९ मत पाएका छन् ।
त्यस्तै उप–प्रमुखतर्फ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका राजेश बानियाँले २८ हजार ७४३ मत ल्याएका छन् । एमालेकी सुमित्रा काफ्लेले २० हजार ७३७ मत प्राप्त गरेकी छिन् । यस्तै राप्रपाका उम्मेदवार इन्दिरा डल्लाकोटी न्यौपानेले ४ हजार ६३७ मत ल्याएकी छिन् । मतगणना जारी रहेको छ ।
