चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका महतो विजयी
हेटौंडा । सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार महतो विजयी भएका छन् । महतो ३ हजार ९९५ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।
उनले प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार लोकेन्द्र मुखियालाई ४५९ मतान्तरले पराजित गरेका हुन् । पराजित लोकेन्द्र मुखियाले ३ हजार ५३६ मत ल्याएका छन् ।
त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी गीता देवी महतो निर्वाचित भएकी छिन् । उनी ३ हजार ८६० मत ल्याएर उपाध्यक्षमा विजयी भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी मंजु देवीले २ हजार ९५८ मत पाएकी छिन् ।
