हेटौंडामा ५८ हजार ६५८ मत गणनाः कसले कति मत पाए ?
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले आफ्नो अग्रता कायमै राखेकी छिन् । हालसम्म गणना भएको ५८ हजार ६५८ मतमध्ये लामाले सबैभन्दा बढी मत पाएकी छिन् । उनले १८ हजार २७१ मत पाएकी हुन् ।
त्यस्तै नेकपा एमालेका अनन्त पौडेलले १७ हजार २६ सहित मीनालाई पछ्याइरहेका छन् भने राप्रपाका दीपकबहादुर सिंहले १६ हजार ३११ मत पाएका छन् ।
उपमेयर पदमा भने गठबन्धनको तर्फबाट कांग्रेसका राजेश बानियाँले २६ हजार ४४६ मतका साथ फराकिलो अग्रता कायम गरेका छन् । त्यस्तै एमालेकी सुमित्रा काफ्लेले १९ हजार १०२ मत पाएकी छिन् भने राप्रपाकी इन्दिरा डल्लाकोटीले ४ हजार २१४ मत प्राप्त गरेकी छिन् ।
