थाहा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाण पत्र प्रदान
मकवानपुर । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत थाहा नगरपालिकामा विजयी प्रमुख, उपप्रमुख सहित १२ वडाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्थानीय निर्वाचन कार्यालयले विहीबार एक कार्यक्रम आयोजना गरी प्रमाणपत्र प्रदान गरेको छ ।
स्थानीय निर्वाचन अधिकृत तीर्थराज भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगरभित्र निर्वाचनमा भाग लिएका राजनीतिक दलका प्रतिनिधिहरु, प्रमुखका प्रत्यासी अच्युतम प्रसाद ढकाल, कार्यवाहक प्रमुख खड्गबहादुर गोपाली, निवर्तमान प्रमुख लवशेर बिष्ट, प्रमुख प्रसासकीय अधिकृत हरिलाल पुरीलगायतका उपस्थिति रहेको थियो ।
समारोहमा नवनिर्वाचित थाहा नगरका प्रमुख बिष्णु बहादुर बिष्टले थाहा नगरमा रहेका सबै दलसंग सहकार्य गरेर नगरको विकासमा हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाए बिष्टले थाहा नगरमा शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गर्न भूमिका निर्वाह गर्ने सबैप्रति आभार व्यक्त गरे ।
साथै स्थानीय निर्वाचन अधिकृत भट्टराईले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना दिदै शान्तिपुर्ण निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने राजनितिक दल, स्थानीय सरकार, मतदाता र स्थानीय नागरिकहरुलाई धन्यवाद व्यक्त गरे ।
