मकवानपुरका नवनिर्वाचित पालिका अध्यक्षहरुले लिए सपथ

तु खबर संवाददाता
२०७९ जेष्ठ ५, बिहीबार १९:००

मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिधिहरुलाई सपथ ग्रहण गराइएको छ । विहिबार जिल्ला समन्वय समिति मकवानपुरमा आयोजित सपथ ग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जिल्लाका विभिन्न गाउँपालिकामा निर्वाचित अध्यक्षहरुलाई पद र गोपनियताको सपथ गराएका हुन् ।

मुख्य निर्वाचन अधिकृत श्रेष्ठले मकवानपुरगढीका अध्यक्ष दोर्जे लामा स्याङतान, बकैया गाउँपालिकाका अध्यक्ष धर्म लामिछाने, मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तान, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र इन्द्रसरोबर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीलाई निर्वाचित भएको प्रमाणपत्र दिदै सपथग्रहण गराएका हुन् ।

सपथग्रहण कार्यक्रमकामा बागमती प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुर अध्यक्ष रघुनाथ खुलाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायत विभिन्न राजनैतिक दलका नेता तथा मकवानपुरका सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।