मकवानपुरगढीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाण पत्र प्रदान

तु खबर संवाददाता
२०७९ जेष्ठ ५, बिहीबार १८:४८

मकवानपुर । स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनमा मकवानपुरगढी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाण पत्र प्रदान गरिएको छ । बिहिबार निर्वाचन अधिकृतको कार्यालय मकवानपुरगढीले एक कार्यक्रमको आयोजना गर्दै गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, वडा अध्यक्ष र वडाका सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरेको हो ।

गाउँपालिकाका कार्यबाहाक अध्यक्ष हर्कमाया रुम्बाको प्रमुख अतिथ्यता तथा निर्वाचन अधिकृत नारयणप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमाण पत्र प्रदान गरिएको हो । कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का पालिका अध्यक्ष अर्जुनप्रसाद दाहाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष राजकुमार खड्का, नेपाली कांग्रेसका सभापति राजविर मुक्तानले समग्र गाउँपालिकाको विकासमा अग्रसर रहने जनप्रतिनिधिलाई राजनितिक दलको तर्फबाट साथ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै निर्वाचित अध्यक्ष र उपाध्यक्षले जनताको मनोभावना अनुरुप काम गर्ने र प्रतिवद्धतामा उल्लेख भएका योजनालाई कार्यान्वयन गरिने बताए ।