हेटौंडा ४ मा ४६९७ मत गणनाः कसले मार्ला बाजी ?
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को मतगणना जारी रहेको छ । हालसम्म ४ हजार ६९७ मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले सबैभन्दा बढी मत प्राप्त गरेका छन् । उनले १ हजार ९३५ मत ल्याएका हुन् ।
त्यसैगरी, गठबन्धनकी मिना लामाले १ हजार २०८ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १ हजार १७० मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई २ हजार ३५३ मत, एमालेकी सुमित्रा काफ्लेलाई १ हजार ३६३ मत र राप्रपाकी इन्दिरा डल्लाकोटीलाई ६२१ प्राप्त भएको छ ।
वडा अध्यक्ष पदमा एमालेका नविन सिग्देलले २ हजार मत, गठबन्धनको तर्फबाट कांग्रेसका हरिप्रसाद पौडेलले १ हजार ९३१ मत र राप्रपापाका उम्मेदवारले ५०८ मत प्राप्त गरेका छन् । वडा अध्यक्ष पदमा सिग्देलले ६९ मतले गठबन्धनका पौडेललाई पछाडी पारेका छन् ।
