हेटौंडा १५ को अध्यक्षमा सुनिल मुक्तान निर्वाचित
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक मतपरिणाम अनुसार, वडा अध्यक्ष पदमा सुनिल मुक्तान निर्वाचित भएका छन् । मुक्तान २ हजार ४९१ मतसहित वडाध्यक्ष पदमा निर्वाचित भएका हुन् । ।
त्यस्तै, गठबन्धनबाट नेपाली कांग्रेसका नवराज घलानले १ हजार ५१७ मत प्राप्त गरे भने राप्रपाका प्रेमबहादुर तितुङले ५९ मत, जनता समाजवादी पार्टी नेपालका हरिबहादुर रुम्बाले २८ मत र स्वतन्त्र उम्मेदवार वीर बहादुर थिङले १ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी, वडा सदस्यहरुमा राजेन्द्र तितुङ (२२९८), सिंह बहादुर लो (२२७५), महिला सदस्यमा पातलीमाया गोङ्बा (२४१५) र दलित महिला सदस्यमा मिनु विश्वकर्मा (२३६१) मतसहित विजयी भएका छन् ।
