गृह वडामै सुमित्रा र राजेशको टक्कर
मकवानपुर । स्थानीय तह निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मत गणना जारी रहेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ को हालसम्म ४५० मत गणना भएको छ ।
११ नम्वर वडा नेकपा एमालेबाट उपमेयर पदकी उम्मेदवार सुमित्रा काफ्लेको गृह वडा हो । अन्य वडाहरुमा भारी मतले पछाडी परेकी सुमित्रालाई गृह वडामै गठबन्धनका राजेश बानियाँले टक्कर दिएका छन् । उनीहरु दुवैको मत १५९/१५९ आएको हो ।
सो वडाबाट मेयर पदमा भने गठबन्धनकी मीना लामालाई १२२ र एमालेका अनन्त पौडेललाई ११९ मत प्राप्त भएको छ । मतगणना जारी छ ।
