हेटौंडा ४ मा ४१९७ मत गणनाः वडा अध्यक्ष पदमा एमालेका सिग्देल अगाडि

तु खबर संवाददाता
२०७९ जेष्ठ ५, बिहीबार ०८:२५

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को मतगणना जारी रहेको छ । हालसम्म ४ हजार १९७ मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले सबैभन्दा बढी मत प्राप्त गरेका छन् । उनले १ हजार ६७६ मत ल्याएका हुन् ।

त्यसैगरी, गठबन्धनकी मिना लामाले १ हजार ७६ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १ हजार ३६ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई २ हजार ८०,एमालेकी सुमित्रा काफ्लेलाई १ हजार ६ मत र राप्रपाकी इन्दिरा डल्लाकोटीलाई ५४९ प्राप्त भएको छ ।

वडा अध्यक्ष पदमा गठबन्धनको तर्फबाट कांग्रेसका हरिप्रसाद पौडेलले १ हजार ७०९ मत, एमालेका नविन सिग्देलले १ हजार ७६४ मत र राप्रपापाका उम्मेदवारले ४५० मत पाएका छन् । वडा अध्यक्ष पदमा सिग्देलले ५५ मतले गठबन्धनका पौडेललाई पछाडी पारेका छन् ।

समाचार सम्प्रेषणका क्रममा उम्मेदवारहरुको मत परिणाम फरक पर्न गएकोले सच्याइएको छ–सम्पादक ।