मनहरीमा एमाले ‘क्लिनस्विप’
मकवानपुर । नेकपा एमाले मकवानपुरको मनहरी गाउँपालिकामा क्लिनस्विप भएको छ । २०७४ को स्थानीय निर्वाचनमा प्रमुख र उपप्रमुख नै जितेको एमालेले यो निर्वाचनमा एउटा वडामा पनि नेतृत्व लिन नसकेको हो ।
मनहरीको पालिका प्रमुखमा गठबन्धनको तर्फबाट कांग्रेसका रन्जन कालाखेती विजयी भएका छन् भने पालिका उपाध्यक्षमा माओवादीकी सिता पुलामी मगर विजयी भएकी छन् ।
त्यस्तै गाउँपालिकाको ९ वटा वडामै गठबन्धनका उम्मेदवार विजयी भएका छन् । पालिकाका ६ वडामा कांग्रेसले जित हाँसिल गरेको छ भने ३ वटामा माओवादीले जितेको छ । पालिका अध्यक्ष र उपाध्यक्ष विजयी भएको आधिकारिता घोषणा हुन भने बाँकी छ ।
