हेटौंडा १४ को १९५० मतगणनाः कसले कति मत पाए ?

तु खबर संवाददाता
२०७९ जेष्ठ ४, बुधबार १३:४१
file-photo

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार ९५० मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले १२३ मत प्राप्त गरेका छन् ।

यसैगरी, गठबन्धनकी मिना लामाले ६४१ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १ हजार ४० मत प्राप्त गरेका छन् । त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई ६३८ मत, एमालेकी सुमित्रा काफ्लेलाई १ हजार ५९ मत र राप्रपाकी इन्दिरा डल्लाकोटीलाई ५९ प्राप्त भएको छ ।

वडा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवारले ७१८ मत, एमालेका उम्मेदवारले १ हजार ३३ मत राप्रपापाका उम्मेदवारले १३ मत प्राप्त गरेका छन् ।