हेटौंडा ५ मा ३२४५ मत गणनाः मेयरमा राप्रपा, वडामा एमाले अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ को मतगणना जारी रहेको छ । हालसम्म ३ हजार २४५ मतगणना हुँदा मेयर पदमा गठबन्धनकी मीना लामाले ७५६, नेकपा एमालेका अनन्त पौडेलले ९१२ मत पाएका छन् । त्यस्तै राप्रपाका दिपक सिंहले १२२० मत पाएका छन् ।
त्यस्तै उपप्रमुख पदमा गठबन्धनका राजेश बानियाँले हजार १८८३, एमालेकी सुमित्रा काफ्लेले ७०७ मत पाएका छन् । राप्रपाकी इन्दिरा डल्लाकोटीले १७९ मत पाएकी छिन् ।
वडा अध्यक्ष पदमा एमालेका शुसिल घिमिरेले १५२४ मत, गठबन्धनका हयग्रिब आचार्यले ८३२ मत पाएका छन् । त्यस्तै राप्रपाका उम्मेदवारले १८३ मत पाएका छन् ।
