हेटौंडा १४ मा १४४७ मत गणनाः मेयरमा अनन्तको धेरै भोट

तु खबर संवाददाता
२०७९ जेष्ठ ४, बुधबार ०९:३४

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ को १ हजार ४४७ मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार मेयर पदमा नेकपा एमालेका अनन्तप्रसाद पौडेलले ७८६ मत पाउँदा गठबन्धनकी मीना कुमारी लामाले ४७० मत पाएकी छिन् । त्यस्तै राप्रपाका दिपकबहादुर सिंहले ९२ मत पाएका छन् ।

उपमेयरमा एमालेकी सुमित्रा काफ्लेले ७९५ मत पाउँदा गठबन्धनबाट नेपाली कांग्रेसका राजेश बानियाँले ४७२ मत पाएका छन् भने राप्रपाकी इन्दिरा डल्लाकोटीले ४४ मत पाएकी छिन् ।

यसैगरी, वडा अध्यक्षमा एमालेका दीपक खड्काले ८४५ मत ल्याएका छन् भने गठबन्धनका ज्ञानश मोक्तानले ५२५ मत पाएका छन् ।