हेटौंडा ३ कांग्रेसका थापाको प्यानलनै विजयीः कसको कति मत ?
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ मा नेपाली गठबन्धनको तर्फबाट कांग्रेसका ढलक बहादुर थापा निर्वाचित भएका छन् । थापा १ हजार ५४८ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका रामकुमार पुडासैनीले ९४५ मत प्राप्त गरे ।
त्यस्तै माओवादी केन्द्रमा रुपेश बर्तौलाले ५९२ मत ल्याएका छन् । राप्रपाका उम्मेदवारले ९५ मत पाएका छन् ।
सो वडामा थापाको प्यानलनै विजयी भएको हो । महिला सदस्य पदमा सविना विडारीले १ हजार ५१७ मत, दलित महिला सदस्यमा देविका विकले १ हजार ४६८ मत प्राप्त गरे भने खुल्ला सदस्य पदमा रत्नबहादुर ब्लोनले १ हजार ४२२ र हर्क बहादुर पाख्रिनले १ हजार ३८३ मतसहित विजयी भएका छन् ।
