मनहरीमा मतगणना कार्य स्थगित

तु खबर संवाददाता
२०७९ जेष्ठ ४, बुधबार ०६:५७

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ९ को मतगणना स्थगित भएको छ । मतपेटिकालाई कपडाले नढाकेको विषयलाई लिई विवाद उत्पन्न भई अवरोध सृजना भएपछि मतगणना कार्य स्थगित भएको निर्वाचन अधिकृतको कार्यालय मनहरीले जनाएको छ ।

कार्यालयले बुधबार एक सूचना जारी गरी सो बारे जानकारी गराएको हो । जारी सूचनामा मनहरी–९ का मतपेटिकालाई कपडाले नढाकेको विषयलाई लिई विवाद उत्पन्न भई अवरोध सृजना भएको हुँदा अर्को सूचना जारी नभए सम्मका लागि मत गणना कार्य स्थगित गरिएको उल्लेख छ ।