हेटौंडा १५ को १२१५ मत गणनाः अनन्त पौडेललाई धेरै भोट

तु खबर संवाददाता
२०७९ जेष्ठ ३, मंगलवार २२:२९

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार २१५ मतगणना भएको छ ।
सो वडाबाट मेयरमा एमालेका अनन्त पौडेललाई ५०५, गठबन्धनकी मिना लामालाई ४५६, राप्रपाका दीपक बहादुर सिंहलाई १०० मत प्राप्त भएको छ । त्यस्तै उप प्रमुखमा एमालेकी सुमित्रा काफ्लेलाई ६०५, गठबन्धनका राजेश बानियाँलाई ४३६, राप्रपाकी इन्दिरा डल्लाकोटीलाई ३१ मत प्राप्त भएको छ ।

वडा अध्यक्ष पदमा नेकपा एमालेका सुनिल मोक्तानलाई ७०५ मत पाएका छन् भने गठबन्धनका उम्मेदवारले ४०५ मत ल्याएका छन् । राप्रपाका उम्मेदवारले १८ मत ल्याएका छन् ।