हेटौंडा ५ को २२१४ मतगणनाः कसले कति मत पाए ?
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ को मतगणना जारी रहेको छ । हालसम्म २ हजार २१४ मतगणना भएकोमा वडा अध्यक्ष पदमा नेकपा एमालेबाट वडा अध्यक्षको उम्मेदवार सुशिल घिमिरेको अग्रता फराकिलो बन्दै गएको छ ।
एमालेका घिमिरेले १ हजार ९० मत पाउँदा गठबन्धनबाट नेपाली कांग्रेसका हयग्रीव उपाध्याय आचार्य ५ सय ९४ ल्याउँदै घिमिरेलाई पछ्याइरहेका छन् ।
यसैगरी, स्वतन्त्र उम्मेदवार विशालराज महतले १९६ मत ल्याउँदा राप्रपाबाट रामकृष्ण श्रेष्ठले १३८ मत ल्याएका छन् ।
सो वडाबाट मेयरमा एमालेका अनन्त पौडेललाई ५७२, गठबन्धनकी मिना लामालाई ५१९, राप्रपाका दिपक बहादुर सिंहलाई ९२१ मत प्राप्त भएको छ । त्यस्तै उप प्रमुखमा एमालेकी सुमित्रा काफ्लेलाई ५०२, गठबन्धनका राजेश बानियाँलाई १ हजार ३५०, राप्रपाकी इन्दिरा डल्लाकोटीलाई १३२ मत प्राप्त भएको छ ।
