अपडेटः हेटौंडामा २७४६२ मतगणना, ४८ मतले दिपक सिंह अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको साँझ ७ बजेसम्म २७ हजार ४६२ मत गणना हुँदा राप्रपा पुनः अगाडि बढेको छ । राप्रपा ४८ मतले अगाडि रहेको छ ।
राप्रपाका उम्मेदवार दीपक सिंहले ८ हजार ५६५ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका सत्तारुढ गठबन्धनकी उम्मेदवार मीना लामाले ८ हजार ५१७ मत प्राप्त गरेकी छिन् । नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ७ हजार १३१ मत प्राप्त गरेका छन् ।
अहिलेसम्म हेटौंडाको चारवटा वडाको मतगणना सम्पन्न भइसकेको छ । हेटौंडाको २ वटा वडामा कांग्रेस र २ वटा वडामा नेकपा एमाले विजयी भएको छ । हाल हेटौंडामा आठवटा वडाको मतगणना भइरहेको छ ।
