मकवानपुरगढी ५ मा कांग्रेसका दाहाल विजयी

तु खबर संवाददाता
२०७९ जेष्ठ ३, मंगलवार १७:०४

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ५ को वडा अध्यक्षमा नेपाली कांग्रेसका दिपेश दाहाल विजयी भएका छन् । कूल २ हजार २२७ मत खसेकोमा उनले १ हजार १६९ मत ल्याएर वडाको नेतृत्व गरेका हुन् ।

त्यस्तै एमालेका जित बहादुर घिमिरेले ७२१ र माओवादीका रत्नप्रसाद तिमिल्सनाले २३० मत प्राप्त गरेका छन् । १३ मत बदर भएको छ ।
सो वडाबाट गाउँपालिका अध्यक्षमा गठबन्धनका दोर्जे लामा स्याङ्तानलाई १ हजार ७९, एमालेका विदुर हुमागाईंलाई ९९३ मत प्राप्त भएको थियो ।

त्यस्तै उपाध्यक्ष पदमा गठबन्धनकी मानकुमारी पाख्रिनलाई ९८७ र एमालेकी सन्तु थिङ्लाई ७८० मत प्राप्त भएको हो ।
यससंगै मकवानपुरगढीको ८ वटा वडामध्ये कांग्रेस ६ वटामा विजयी भएको हो ।