हेटौंडा ६ मा ९५३ मत गणनाः मेयरमा दिपक सिंहलाई धेरै भोट
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ को मतगणना जारी रहेको छ । हालसम्म ९५३ मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामाले २१४ मत प्राप्त गरेकी छिन् ।
यसैगरी, राप्रपाका उम्मेदवार दिपक सिंहले ३८९ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले २७२ मत प्राप्त गरेका छन् । त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई ४०५ मत, एमालेकी सुमित्रा काफ्लेलाई २९६ मत प्राप्त भएको छ ।
वडा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवारले ३२३ मत, एमालेका उम्मेदवारले ३२१ मत, नेकपा माओवादीका उम्मेदवारले ७४ मत र राप्रपाका उम्मेदवारले १९६ प्राप्त गरेका छन् ।
