हेटौंडा ३ मा २०३१ मत गणनाः गठबन्धनका मेयर र उपमेयरको मत बराबर

तु खबर संवाददाता
२०७९ जेष्ठ ३, मंगलवार ०९:५७
file-photo

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ को मतगणना जारी रहेको छ । हालसम्म २ हजार ३१ मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामाले ८५६ मत प्राप्त गरेकी छिन् ।

यसैगरी, राप्रपाका उम्मेदवार दिपक सिंहले ५९६ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ४१२ मत प्राप्त गरेका छन् । त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई ८५६ मत, एमालेकी सुमित्रा काफ्लेलाई ५८८ प्राप्त भएको छ ।

वडा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवारले ९७७ मत, एमालेका उम्मेदवारले ६१४ मत, नेकपा माओवादीका उम्मेदवारले ३५७ मत प्राप्त गरेका छन् ।