हेटौंडा ४ मा ११६० मत गणनाः मेयरमा राप्रपा, वडामा गठबन्धन अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार १६० मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामाले ३९६ मत प्राप्त गरेकी छन् ।
यसैगरी, राप्रपाका उम्मेदवार दिपक सिंहले ४५९ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले २७५ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई ५८४ मत, एमालेकी सुमित्रा काफ्लेलाई ३२३ मत प्राप्त भएको छ ।
वडा अध्यक्ष पदमा गठबन्धनको तर्फबाट कांग्रेसका हरिप्रसाद पौडेलले ४७२ मत, एमालेका नविन सिग्देलले ४६७ मत र राप्रपाका उम्मेदवारले १३० मत पाएका छन् ।
