हेटौंडा १७ मा १३४३ मतगणनाः कसले कति पाए ?

तु खबर संवाददाता
२०७९ जेष्ठ ३, मंगलवार ०९:३३

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार ३३४ मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामाले ४०५ मत प्राप्त गरेकी छन् ।

यसैगरी, राप्रपाका उम्मेदवार दिपक सिंहले ३९१ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ३४९ मत प्राप्त गरेका छन् । त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई ५०८ मत, एमालेकी सुमित्रा काफ्लेलाई ३७४ मत प्राप्त भएको छ ।

वडा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवारले ४५८ मत, एमालेका उम्मेदवारले ३८१ मत, नेकपा माओवादीका उम्मेदवारले ३०३ मत प्राप्त गरेका छन् ।