हेटौंडा अपडेटः मिना लामालाई दिपक सिंहले १९८ मतले उछिने
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । यो समाचार तयार पार्दासम्म वडा नम्वर १,२,१८,१९ को अन्तिम नतिजा सार्वजनिक भइसकेको छ भने बाँकी ३,४,५,६,१६ र १७ को मतगणना जारी रहेको छ ।
ताजा मतपरिणाम अनुसार मेयर पदमा राप्रपाका दिपकबहादुर सिंहले गठबन्धनकी मिनाकुमारी लामालाई पछाडि पारेका छन् । सिंहले लामालाई १९८ मतले पछि पारेका हुन् । नेकपा एमालेका अनन्त पौडेल तेस्रो स्थानमा यथावत छन् ।
सिंहले ८ हजार २६५ मत प्राप्त गर्दा, लामाले ८ हजार ०६७ मत मात्रै प्राप्त गरेकी छिन् । त्यस्तै पौडेलले ६ हजार ५२१ मत पाएका छन् । उपमेयर पदमा गठबन्धनका राजेश बानियाँले ११ हजार ७९१, एमालेकी सुमित्रा काफ्लेले ८ हजार ३३ र राप्रपाकी इन्दिरा डल्लाकोटीले २ हजार १० मत ल्याएका छन् ।
