मकवानपुरगढी अपडेटः ६ वटा वडाको मत गन्दा दार्जे ९४८ मतले अगाडि

तु खबर संवाददाता
२०७९ जेष्ठ ३, मंगलवार ०७:३१

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाको मतगणना जारी रहेको छ । हालसम्म वडा नम्वर १,२,३,६,७ र ८ को मतगणनाको अन्तिम नतिजा सार्वजनिक भएको छ । यी ६ वटा वडाहरुको १० हजार १३६ मत गणना भएको हो । त्यस्तै वडा नम्वर ४ र ५ को मतगणना भने जारी रहेको छ ।

प्राप्त नतिजा अनुसार हालसम्म गाउँपालिका अध्यक्ष पदमा गठबन्धनको तर्फबाट कांग्रेसका दोर्जे लामा स्याङ्तानले ४ हजार ९५९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका विदुर हुमागाईंले ४ हजार ११ मत ल्याएका छन् । लामाले हुमागाईंलाई ९४८ मतले पछि पारेका छन् ।
त्यस्तै उपाध्यक्ष पदमा गठबन्धनकी मानकुमारी पाख्रिनले ४ हजार ४४३ मत प्राप्त गर्दा एमालेकी सन्तु थिङ्ले ३ हजार ७५९ मत ल्याएकी छिन् । पाख्रिनले थिङलाई  ६४८ मतले पछि पारेकी छिन् । मतगणना जारी रहेको छ ।