हेटौंडामा लामाको अग्रता कायमै
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनकी मिना लामाको अग्रता कायमै रहेको छ । हालसम्म गणना भएको १८ हजार ५७० मतमा लामाले ५ हजार ८ सय ५० मत ल्याउँदै अग्रता कायम गरेकी हुन् ।
त्यसैगरी राप्रपाका दिपकबहादुर सिंह दोस्रो स्थानमा रहेका छन् । सिंहले ५ हजार ४ सय ५८ मत प्राप्त गर्दा नेकपा एमालेका अनन्तप्रसाद पौडेलले ४ हजार ८ सय ३१ मत प्राप्त गरेका छन् । सफल भएका छन् । मतगणना जारी छ । उपमहानगरपालिका वडा नम्वर १,२,१९ को भने अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ ।
