मकवानपुरको तीन पालिकाले पायो नेतृत्व (वडा अध्यक्षको नामावलीसहित)
मकवानपुर । मकवानपुरको ३ वटा स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जिल्लाको एक उपमहानगरपालिका, एक नगरपालिका र ८ गाउँपालिकामध्ये ३ वटाको मात्रै अन्तिम मत परिणाम सार्वजनिक भएको हो । बाँकी ७ वटाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।
मकवानपुरको इन्द्रसरोवर, भीमफेदी र कैलाश गाउँपालिकाको मतगणना सकिएको हो । इन्द्रसरोवरमा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्षसहित ५ वटामध्ये २ वटा वडामा नेतृत्व गरेको छ भने भीमफेदी गाउँपालिकामा अध्यक्षसहित ९ वटामध्ये ५ वडामा नेतृत्व गरेको छ । भीमफेदीमा उपाध्यक्ष गठबन्धनले र कांग्रेस र माओवादीले क्रमश ३ र १ नम्वर वडामा नेतृत्व हात पारेको हो ।
कैलाश गाउँपालिकामा भने अध्यक्ष तथा उपाध्यक्ष गठबन्धनले जितेको छ । कैलाशमा ५ वडामा नेपाली कांग्रेस विजयी हुँदा नेकपा एमाले र माओवादी केन्द्र क्रमशः ४ र १ वडामा विजयी भएको हो ।
हेर्नुहोस् निर्वाचितहरुको विवरण
(क) भीमफेदी
अध्यक्षः हिदम लामा नेकपा एमाले
उपाध्यक्षः सन्जिव श्रेष्ठ, गठबन्धनबाट नेपाली कांग्रेस
१ नम्वर वडा अध्यक्षः सोम बहादुर स्याङतान, नेपाली कांग्रेस
२ नम्वर वडा अध्यक्षः काशीराम बज्यु, नेकपा एमाले
३ नम्वर वडा अध्यक्षः पृति लाल लामा, नेकपा माओवादी
४ नम्वर वडा अध्यक्षः सागर पाण्डे, नेकपा एमाले
५ नम्वर वडा अध्यक्षः जाहार सिं लामा, नेकपा एमाले
६ नम्वर वडा अध्यक्षः सोम बहादुर घलान, नेपाली कांग्रेस
७ नम्वर वडा अध्यक्षः मित्र बन्धु सिजाली, नेपाली कांग्रेस
८ नम्वर वडा अध्यक्षः विष्णु बहादुर लामा, नेकपा एमाले
९ नम्वर वडा अध्यक्षः प्रकाश पुडासैनी, नेकपा एमाले
(ख) इन्द्रसरोवर
अध्यक्षः देव कृष्ण पुडासैनी शर्मा, नेकपा एमाले
उपाध्यक्षः उमा कुमारी लामा, नेकपा एमाले
१ नम्वर वडा अध्यक्षः शुवास थापा मगर, नेपाली कांग्रेस
२ नम्वर वडा अध्यक्षः सुमन श्रेष्ठ, नेपाली कांग्रेस
३ नम्वर वडा अध्यक्षः प्रताप भोम्जन, नेकपा एमाले
४ नम्वर वडा अध्यक्षः चन्द्र कुमार बल, नेकपा एमाले
५ नम्वर वडा अध्यक्षः दुतराज तितुङ, नेपाली कांग्रेस
(ग) कैलाश
अध्यक्षः लोक बहादुर मुक्तान, गठबन्धन नेपाली कांग्रेस
उपाध्यक्षः बालकुमार मल्ल ठकुरी, गठबन्धन नेकपा माओवादी
१ नम्वर वडा अध्यक्षः तेज बहादुर ब्लोन, नेपाली कांग्रेस
२ नम्वर वडा अध्यक्षः राजेन्द्र तामाङ घिसिङ, नेपाली कांग्रेस
३ नम्वर वडा अध्यक्षः देवलाल बल, नेकपा माओवादी
४ नम्वर वडा अध्यक्षः तीलकबहादुर मुक्तान, नेकपा माओवादी
५ नम्वर वडा अध्यक्षः छेकु लामा, नेकपा एमाले
६ नम्वर वडा अध्यक्षः रामबहादुर गोम्बा, नेकपा एमाले
७ नम्वर वडा अध्यक्षः उदास कुमार भोलन, नेपाली कांग्रेस
८ नम्वर वडा अध्यक्षः आशिष प्रजा, नेपाली कांग्रेस
९नम्वर वडा अध्यक्षः वन सिं घलान, नेपाली कांग्रेस
१० नम्वर वडा अध्यक्षः सूर्यबहादुर ब्लोन, नेकपा एमाले
