हेटौंडामा १५२५५ मत गणनाः मिना लामा अघिअघि दिपक सिंह पछिपछि
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । हालसम्म विभिन्न वडाको गरी कूल १५ हजार २५५ मत गणना भएको छ । जसमा सबैभन्दा बढी मत गठबन्धनकी मिना लामाले पाएकी छिन् । लामाले ४ हजार ७२९ मत पाएकी हुन् ।
लामालाई पछ्याउँदै राप्रपाका दिपकबहादुर सिंहले ४ हजार ४४९ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका अनन्त प्रसाद पौडेलले ४ हजार ६ मत पाएका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ र २ मा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् भने वडा नम्वर १९ मा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । हाल वडा नम्वर ३,४,५,१६,१७,१८ को मत गणना भइरहेको छ ।
