हेटौंडा ४ मा ३०० मत गणना: दिपक सिंहलाई धेरै भोट
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । वडा नम्वर ४ को मतगणना जारी छ । हालसम्म ३०० मतगणना गरिएको छ ।
प्राप्त मत परिणाम अनुसार गठबन्धनकी उम्मेदवार मिना लामालाई ६९, नेकपा एमालेका अनन्त पौडेललाई ९०, र राप्रपाका दिपक सिंहलाई १०५ मत प्राप्त भएको छ ।
त्यस्तै उपमेयरका लागि गठबन्धनका राजेश बानियाँले १४६, एमालेकी सुमित्रा काफ्लेलाई १००, राप्रपाकी इन्दिरा डल्लाकोटीलाई ३२ मत प्राप्त भएको छ ।
त्यस्तै वडा अध्यक्षमा गठबन्धनका हरिप्रसाद पौडेलले ११६ र एमालेका नविन सिग्देलले १३१ मत प्राप्त गरेका छन् । यस वडामा कुल ८ हजार ४ सय २५ मतदाता रहेकोमा ४ मा ५ हजार ७७ मत खसेको थियो ।
