हेटौंडा १६ मा १०० मत गणनाः रामकृष्णको भारी मत
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । वडा नम्वर १६ को मतगणना भर्खरै सुरु भएको छ । हालसम्म १०० मतगणना गरिएको छ । प्राप्त मत परिणाम अनुसार गठबन्धनकी उम्मेदवार मिना लामालाई ४३, नेकपा एमालेका अनन्त पौडेललाई १४, र राप्रपाका दिपक सिंहलाई ३४ मत प्राप्त भएको छ ।
त्यस्तै उपमेयरका लागि गठबन्धनका राजेश बानियाँले ६०, एमालेकी सुमित्रा काफ्लेलाई १३, राप्रपाकी इन्दिरा डल्लाकोटीलाई ७ मत प्राप्त भएको छ । त्यस्तै वडा अध्यक्षमा गठबन्धनबाट कांग्रेसका रामकृष्ण कोइरालालाई ७८ र एमालेका बसन्त लामिछाने लाई १८ मत प्राप्त गरेका छन् । यस वडामा ३ हजार ७३९ मत खसेको थियो ।
