२ नम्वर वडामा २७२७ मत गणनाः विष्णु गोपाल महर्जन जितको नजिक
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ को मतगणना जारी रहेको छ । हालसम्म २ हजार ७२७ मत गणना गर्दा मेयर पदमा गडबन्धनकी उम्मेदवार मिना लामालाई ४९५ मत प्राप्त भएको छ भने एमालेका अनन्त प्रसाद पौडेललाई ४४९ मत प्राप्त भएको छ ।
मेयरमा २ नम्वर वडाबाट सबैभन्दा धेरै भोट राप्रपाका दिपक बहादुर सिंहले प्राप्त गरेका छन् उनले १ हजार ३ सय ७५ मत ल्याएका हुन् ।
त्यस्तै उप मेयर पदमा एमालेकी सुमित्रा काफ्लेले ५९९ मत ल्याउँदा राप्रपाकी इन्दिरा डल्लकोटीले ४१२ मत प्राप्त गरेकी छिन् । गठबन्धनका राजेश बानियाँले सबैभन्दा धेरै १ हजार २ सय ९३ मत प्राप्त गरेका छन् ।
वडामा भने गठबन्धनका विष्णुगोपाल महर्जनले १ हजार ६ मत ल्याएका छन् । त्यस्तै एमालेका हरि राउतले ६६८ र राप्रपाका किशोर ढकालले ४४९ मत ल्याएका हुन् । २ नम्वर वडामा ३ हजार २ सय ८६ मत खसेको हो ।
अब ५५९ मत गणना गर्न बाँकी रहेको छ । एमाले उम्मेदवार राउतलाई गठबन्धनका महर्जनले ३३८ मतले पछाडि पारेका हुन् ।
