अपडेटः हेटौंडामा कडा प्रतिस्पर्धा, एक मतले गठबन्धनकी लामाको अग्रता
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । हालसम्म वडा नम्वर १ को नतिजा सार्वजनिक भइसकेको छ भने वडा नम्वर २, ३, १८ र १९ को मतगणना जारी रहेको छ ।
हालसम्म ११ हजार ६७३ मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामाले ३ हजार ४५६ मत प्राप्त गरेकी छिन् । नेकपा एमालेबाट मेयरका उम्मेदवार अनन्त पौडेलले ३ हजार ५३ मत प्राप्त गरेकी छिन् ।
त्यस्तै राप्रपाबाट उम्मेदवार बनेका दिपक बहादुर सिंहले ३ हजार ४ सय ५५ मत ल्याएका छन् । गठबन्धनकी लामाले १ मतले राप्रपाका सिंहलाई पछि पारेकी छिन् ।
उप प्रमुख पदमा भने गठबन्धनका राजेश बानियाँको ५ हजार १०३ मत , एमालेकी सुमित्रा काफ्लेको ३ हजार ९५६ र राप्रपाकी इन्दिरा डल्लकोटीको ८६८ मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।
