मकवानपुरमा पहिलो पटक वडा अध्यक्षमा महिला निर्वाचित
मकवानपुर । मकवानपुरले स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पहिलो महिला वडा अध्यक्ष पाएको छ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर १० मा कांग्रेसबाट उम्मेदवार रहेकी कमला कुमारी वाइवा वडा अध्यक्षमा निर्वाचित भएसंगै मकवानपुरले पहिलो वडा अध्यक्ष पाएको हो ।
कमलाले एमालेबाट प्रतिस्पर्धी रहेका कमल कुमार घलानलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएकी हुन् ।
वाइवाले ६२९ मत प्राप्त गर्दा एमालेका उम्मेदवारले ३७५ मत पाएका हुन् । उनी मकवानपुरमै पहिलो निर्वाचित वडा अध्यक्ष हुन् । साथै वडासदस्यमा कांग्रेसको प्यानल नै निर्वाचित भएको हो ।
