भीमफेदी ६ मा कांग्रेसका घलान निर्वाचित
मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्वर ६ को मतगणना सम्पन्न भएको छ । आइतबार सम्पन्न मतगणना अनुसार सो वडामा नेपाली कांग्रेसका सोमबहादुर घलान निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
घलान ६८९ मतसहित वडाध्यक्षमा निर्वाचित भएको निर्वाचित अधिकृत रुद्रहरी भण्डारीलेले जनाकारी दिए । यस्तै, वडाध्यक्षकै उम्मेदवार नेकपा एमालेका उम्मेदवार सिताराम थापा मगरले ५१७ मत प्राप्त गरेका छन् । थापा २०७४ सालको चुनावमा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
भीमफेदीमा हालसम्म ६ वटा वडाको मत परिणाम सम्पन्न भएको छ । जसमा वडा नम्वर १ मा गठबन्धनले जित हात पारेको छ भने २, ४ र ५ मा नेकपा एमालेले नेतृत्व लिएको छ । वडा नम्वर ३ मा भने माओवादी केन्द्रमा उम्मेदवार विजयी भएका छन् । हाल वडा नम्वर ७ र ८ को मतगणना जारी रहेको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए ।
