राक्सिराङ १ मा एमालेको प्यानल नै विजयी

तु खबर संवाददाता
२०७९ जेष्ठ १, आईतवार १०:१८

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर १ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । वडा अध्यक्ष पदमा बाबीराम मुक्तान निर्वाचित भएका हुन् । उनले ४६३ मत प्राप्त गरे । त्यस्तै नेपाली कांग्रेसका सिंग राम बुलुनले ३७७ मत प्राप्त गरेका थिए ।त्यस्तै नेकपा माओवादी केन्द्रका जोगमान थिङले ३२१ मत ल्याएका थिए ।

त्यस्तै सदस्यहरुमा एमालेका पुर्ण बहादुर मोक्तान, भीम बहादुर मुक्तान, महिला सदस्यमा आस माया थिङ, दलित महिला सदस्यमा सुमीत्रा विश्वकर्मा विजयी भएको जनाइएको छ ।