यी हुन् ५ राष्ट्रिय दल, जसले थ्रेस होल्ड कटाए

तु खबर संवाददाता
२०७४ पुष २, आईतवार १५:४४

मकवानपुर, २ पुस । समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएसँगै केबल ५ दलमात्र राष्ट्रिय दल बन्न सफल भएका छन् । १६५ सदस्यीय प्रतिनिधिसभामा पाँच दल मात्र राष्ट्रिय दल बन्न सफल भएको हो ।

यदि जिल्ला निर्वाचन कार्यालयहरुले इन्ट्री गरेको मतलाई अन्तिम मत मान्ने हो भने एमाले सबैभन्दा ठूलो दल बनेको छ । प्रत्यक्षतर्फ दुई स्वतन्त्र उम्मेदवार सहित ८० सिट जितेको एमालेले समानुपातिकमा ४१ सिट पाउँदा कुल १ सय २१ सिटसहित पहिलो दल बन्नेछ ।

प्रत्यक्षतर्फ २३ सिट जितेको काँग्रेस ६३ सिटसहित दोस्रो र प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादी ५३ सिटसहित तेस्रो दल बन्ने भएको छ । काँग्रेस र माओवादी दुबै मिल्दा पनि एमाले नै एक नम्बर बन्ने देखिएको छ ।

प्रतिनिधिसभामा दुई वटा क्षेत्रीय दल आएका छन् । राजपा चौथो दल बनेको छ भने फोरम पाँचौं दल बनेको छ । प्रत्यक्षतर्फ ११ सिट जितेको राजपा र १० सिट जितेको फोरमले समानुपातिकमा समान ६–६ सिट पाएका छन् । प्राप्त नतिजा अनुसार मधेस केन्द्रीत दुई दलको ३३ सिट हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*