मकवानपुर प्रहरीद्वारा ६५ वटा मोटरसाइकल नियन्त्रणमा

मकवानपुर । स्थानीय निर्वाचनको दिन मकवानपुरको हेटौंडामा अनुमति विनानै सवारी चलाउने ६५ वटा (दुई पाङ्ग्रे ) सवारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडाको बुद्धचोक, राप्तिरोड, पिप्ले, रातोमाटेलगायतका विभिन्न स्थानबाट ६५ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले नियन्त्रणमा लिइएको सवारीलाई साँझ ५ बजेपछि मात्र छोड्ने तयारी रहेको जनाएको छ । त्यस्तै प्रहरीले ३ वटा साना सवारीलाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीले जिल्ला प्रशासन कार्यालयको अनुमति नपाएका सवारीहरुलाई नियन्त्रणमा लिने कार्य भइरहेको बताएको छ ।