मन्त्री आलेलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप गरेको विषयमा निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
मन्त्री आलेविरुद्ध आयोगमा डोटीको जोरायल गाउँपालिकाका एमाले उम्मेदवार दुर्गादत्त ओझाको चरित्र हत्या गर्ने खालका भिडियो सार्वजनिक स्थलमा राखेको भन्दै उजुरी परेको थियो ।
साथै, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र को संयुक्त आयोजनामा वैशाख २६ मा भएको चुनावी सभामा पार्टीका लागि मत मागेको, मतदाता भड्काउन भ्रमात्मक भाषण दिएको, तडकभडक गर्दै भोजभत्तेर गरेको, मतदातालाई रकम बाँडेको उनीविरुद्ध परेको उजुरीमा उल्लेख छ ।
