उपमेयर पदकी उम्मेदवारको मृत्यु भएपछि महाराजगञ्ज नगरपालिकाको चुनाव सर्‍यो

तु खबर संवाददाता
२०७९ बैशाख २७, मंगलवार १८:३८

काठमाडौँ । उपमेयर पदकी उम्मेदवार शुभावती कार्कीको निधन भएपछि कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको निर्वाचन सरेको छ । कांग्रेसको तर्फबाट उपमेयरकी उम्मेदवार शुभावती कुर्मीको निधन भएपछि ३० वैशाखको चुनाव सरेको हो । महाराजगञ्जको निर्वाचन जेठ ३ हुने मुख्य निर्वाचन अधिकृत तेजेन्द्र प्रसाद शर्माले जानकारी दिएका छन् । उनले निर्वाचन आयोगको निर्देशनानुसार चुनावको कार्यतालिका परिवर्तन गरिएको जानकारी दिए ।

दिनभर घरदैलोमा सहभागी सुभावती सोमबार राति एक्कासि बिरामी परेकी थिइन् । उपचारका लागि तौलिहवा अस्पताल भर्ना गरिए पनि उनको मंगलबार बिहान करिब १ बजे निधन भएको थियो ।

कांग्रेसबाट उपमेयर उम्मेदवार बनेकी उनले ०७४ को स्थानीय तह निर्वाचनमा उपमेयर जितेकी थिइन् ।