मकवानपुरगढी ५ मा घरदैलो र मतदाता शिक्षा अभियान
मकवानपुर । सत्तारुढ पाँच दलीय गठबन्धनबाट मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारहरु क्रमश दोर्जे लामा स्याङ्तान र मानकुमारी पाख्रिनसहित वडाका उम्मेदवारहरुले आज ५ नम्वर वडामा घरदैलो अभियान तथा मतदाता शिक्षा कार्यक्रम संचालन गरेका छन् । गठबन्धनका स्थानीय नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थितिमा अभियानलाई तीव्रता दिइएको हो ।
वडा नम्वर ५ को सिमलटार, कालिवन, धादिङ र भालुखोलाको लगायत क्षेत्रमा घरदैलो अभियानपश्चात धादिङ बजारमा ठूलो संख्यामा उपस्थित भएका वडावासीसमक्ष गठबन्धनबाट अध्यक्षका उम्मेदवार लामा र उपाध्यक्षकी उम्मेदवार पाख्रिनले सम्बोधन गरे ।
उनीहरुले मकवानपुरगढी गाउँपालिकाकाको विकासका लागि गठबन्धनको एजेण्डा, चुनावी प्रतिवद्धता र भावी योजना योजना तथा कार्य योजनाका प्रतिवद्धताहरु व्यक्त गरेका थिए । कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार दिपेश दाहालले समुन्नत वडा बनाउन आफ्नो संकल्प रहेको बताए ।
कार्यक्रममा कांग्रेस क्षेत्र नम्बर २ का संघीय सचिव बलराम घिमिरे, निवर्तमान सभापति यतिराज सापकोटा, निवर्तमान संगठन विभाग प्रमुख कृष्ण प्रसाद संजेल, गाउँपालिका उपसभापति थलनाथ घिमिरे लगायतका कांग्रेस नेतृत्वहरुको आतिथ्यता रहेको थियो ।
त्यस्तै, सोही स्थानमा नेकपा माओवादी केन्द्रका वडाका उम्मेदवारहरुले पनि घरदैलो अभियानलाई तीव्रता दिएका छन् । कोण सभाको आयोजना गर्दै माओवादी केन्द्रले गठबन्धनका उम्मेदवारलाई जिताउन लागिपर्ने बताएका छन् ।




