गठबन्धनकी उम्मेदवारले प्रयोग गरेको गाडीमा आगजनी
काठमाडौँ । नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनको वीरेन्द्रनगर नगरपालिकाको उपमेयर पदकी उम्मेदवार शान्ति ढकालले प्रयोग गरेको बा १४ च ६८३१ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ६ को मुख्य बजार क्षेत्रस्थित सत्कार होटल अगाडि पार्किङ गरी राखेको गाडीमा शुक्रबार राति आगजनी भएको प्रहरीले जनाएको छ ।
त्यस्तै जुम्ला रोडस्थित सेन्चुरी बैंक अगाडि रोकेको कर्णाली प्रदेश ०२–००१ ख ००६१ नम्बरको मिनी बसमा पनि शुक्रबार राति आगजनी भएको छ । जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रमुख एसपी पदमबहादुर विष्टका अनुसार मिनी बस नेकपा एमालेले प्रचारप्रसारमा प्रयोग गर्दै आएको थियो । राति करिब २ बजे स्कार्पियो र मिनीबसमा आगजनी भएको प्रहरीले जनाएको छ ।
