इन्द्रसरोवर गाउँपालिकामा ८ जनाले लिए उम्मेदवारी फिर्ता (नामावलीसहित)
२०७९ बैशाख १६, शुक्रबार १९:०४
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका ८ जना ब्याक भएका छन् । आज निर्वाचन अधिकृतको कार्यालयमा आएर ८ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत मुरारी वस्तीले तु खबरलाई जानकारी दिए ।
उनका अनुसार अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार कुन्साङ लामा र दिपक कुमार ठकुरीले उम्मेदवारी फिर्ता लिएका हुन् । उनले ८ जनाकै नाम हटाएर अन्तिम नामावली प्रकाशन गरिएको जानकारी दिए ।
हेर्नुहोस् क–कसले लिए उम्मेदवारी फिर्ता ?

